स्याङ्जा ,३० भदौ । स्याङ्जाको गल्याङ सेतीवेणी सडक गएराती देखि परेको अबिरल बर्षाका कारण अवरूद्द भएको छ ।
सिद्धार्थ राजमार्गको भित्री सडक खण्ड अन्र्तरगत गल्याङ नगरपालिका वडा नम्बर ७ स्थिति ठुलापधेरा भन्ने ठाउँमा करिब २० मिटर सडक खसेको छ । सडक छेउको भाग चिरा परेरे अझै पहिरो जानसक्ने स्थानीयले बताएका छन् ।
सडक पुर्ण रुपमा अवरुद्ध भएपछि स्थानीय लाई बजार आवत जावत गर्न समेत कठीन भएको छ । सो सडक भएर दैनिक १५ सवारी साधन चल्ले गर्दछन । सेतीवेणी,पिढीखोला , स्यालवास,सिरौसा लगायतका क्षेत्रमा सहज हुदै आएको थियो । बर्षा नरोकीएको हुदा सडक सन्चालनमा कठिनाई भईरहेको नगरपालीकाले जनाको छ । सडकको भाग पुरै खसेको हुदा बैकल्पीक सडक तत्काल निमार्ण गर्न कठिनाई देखिएको छ ।