स्वास्थ्य संस्था नहुँदा समस्या

२०७९ आश्विन ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिमकोट, ८ असोज । हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं २ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ । वडा नं ३ लामाखोल्सी गाउँमा पहिलादेखि नै स्वास्थ्य संस्था नहुँदा गाउँमा बिरामी हुँदा उपचारमा थप समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

छिमेकी सिमकोट गाउँपालिकाको वडा नं ८ को खोल्सी गाउँको स्वास्थ्यचौकीमा उपचारलाई जाने गरेको स्थानीय रिकजेन लामाले बताउनुभयो । गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिन आग्रह गर्दा कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । गाउँमा गर्भवती महिला सुत्केरी हुन झन समस्या भएको छ ।

यस्तै जटिल बिरामीको उपचारमा तत्काल समस्या हुने गरेको उहाँको भनाइ थियो । वडा नं ३ लामाखोल्सी गाउँमा ३१ घरधुरी रहेको छ । दिनहुँ बिरामी जाँच, श्वासप्रश्वास, झाडापखाला, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका स्वास्थ्य सेवा पाउनबाट लामाखोल्सीवासी बञ्चित रहेको लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार