नेपाली काङ्ग्रेसबाट पुर्व जिबिस उपसभापतिको सन्यास, यस्तो छ राजनैतिक पृष्ठभुमि

२०७९ आश्विन १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,१९ असोज । नेपाली काङ्ग्रेसलाई स्थापित गराउन ठूलो भुमिका खेल्नु भएका पुर्व जिबिस उपसभापति लालगोपाल अर्यालले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । साेमबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै उहाँले आज उपरान्त नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत नरहने घोषणा गर्नुभएको हो ।

पार्टीले मुल सिद्धान्त र नीति बिर्सीएर अगाडि बढेका कारण उक्त पार्टीमा बस्न नैतिकताले समेत नदिने भन्दै पार्टी परित्यागको घोषणा गरेको बिज्ञाप्तिमा उल्लेख छ । उहाँले नेपाली काङ्ग्रेसको स्थापना नेपालको सस्कार सस्कृती जगेर्ना गर्न, राष्ट्रिय एकता र मेलमिलापको निति कायम राख्न, राष्ट्रियताको लागि संबैधानिक राज सस्था, नेपाल हिन्दु राष्ट्र कायम राख्न लगायतका एजेन्डामा भएपनि पछिल्लो समय विकाउ नेताका कारण सम्पुर्ण एजेन्डा त्याग गरि राष्ट्रिय हित भन्दा ब्यक्तिगत फाइदाको लागि पार्टी प्रयोग भएको हुँदा नेपाली काङ्ग्रेसमा रहनुको कुनै औचित्य नरहेको उहाँको ठहर छ ।

नेपाली काङ्ग्रेस पार्टीको स्थापनाका एजेन्डाहरु देशको हितमा भएपनी पछिल्लो समय पार्टीले अर्कै मोड लिएपछि पार्टीमा बस्नुको औचित्य नरहेको अर्यालको ठहर छ ।

को हुन् अर्याल

विद्यार्थी जिबनमा २०२५ सालको समयमा क्लास मनिटर हुँदै नेतृत्व विकासमा लाग्नु भएका लाल गोपालमान अर्याल २०२७ सालमा नेपाल विद्यार्थी संघ गठन भएपछि राजनीति तिर आकर्षित हुनुभएको थियो । उहाँले २०३५ सालमा पार्टीको क्रियासिल सदस्यता लिनु भएको थियो । स्याङ्जा जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ बाट जम्मा ५ जनाले पार्टीको क्रियासिल सदस्यता लिने मध्य उहाँ पनि एक हुनुहुन्थ्यो ।

५ जनाको क्रियासिल सदस्यताबाट सुरु भएको यस क्षेत्रमा नेपाली काङ्ग्रेसको यात्रा २०३६ मा आउदा १ सय जनाले क्रियासिल सदस्यता प्राप्त गरेका थिए । पार्टी संगठनमा सकृय भएका लाग्नु भएका अर्याल पटकपटक जेल समेत पर्नुभएको थियो । कहिले २४ घण्टा, कहिले केही घण्टा गरी पटकपटक जेल जिबन बिताउनु भएका अर्याल २०४६ सालमा ३ महिना जेल जिबन बिताउनु भएको थियो ।

२०४८ सालको आम निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ४ को सचीवको भुमिका निर्वाह गरि शंकर पाण्डेलाई निर्वाचित गराउन ठूलो भुमिका खेल्नु भएको थियो । ५ जनाको क्रियासिल सदस्यतासंगै सुरु गर्नु भएको संगठन बिस्तारले २०४९ सालको निर्वाचनमा समेत नेपाली काङ्ग्रेस निर्वाचन गराउन सफल भयो र सोही समयमा जिल्ला विकास समिति स्याङ्जाको उपसभापति बन्न पुग्नु भयो । उपसभापति भएपनि सभापति सरह काम गर्नु भएका उहाँले सोही समयमा जिल्ला भित्रका धेरै ठाउँ खानेपानी र बिधालय स्थापना गर्न प्रमुख भुमिका खेलेको इतिहास भेटिन्छ ।

२०४९ सालमा जिबसको उपसभापतिमा निर्वाचित अर्याल २०५४ मा उक्त पद बाट रिक्त भएपनि अझ बढी सकृय भएर निरन्तर संगठनमा लाग्नु भयो । सामाजिक सेवा संगै निरन्तर संगठन बिस्तारमा लाग्नु भएका उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट गल्याङ नगर प्रमुखको प्रत्याशी हुनुहुन्थ्यो । झिनो मतका कारण बिजय हासिल गर्न नसक्नु भएका उहाँले राजनीतिका अन्य अवसर भने कहिल्यै प्राप्त गर्न सक्नु भएन । संगठनको लागि निरन्तर खटिने अर्यालले ६ वटा आम निर्वाचनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभयो पटकपटक नेपाली काङ्ग्रेसलाई बिजय बनाउनु भयो तर उहाँलाई बिजय बनाउन भने पार्टी संगठनका अन्य राजनैतिक सहकर्मी कहिल्यै नलागेको इतिहासका कारणले गर्दा पनि उहाँले नेपाली काङ्ग्रेसको राजनीतिबाट विश्राम लिने सोच बनाएको देखिन्छ ।

६ वटा आम निर्वाचन २०४८,२०५१,२०५६,२०६४,२०७० र २०७४ मा निर्वाचन भएपनि आफू भन्दा पछी क्रियासिल सदस्यता लिएका ब्याक्तीले पटकपटक राजनैतिक अवसर प्राप्त गरेपनि आफुले कहिल्यै राजनैतिक अवसर प्राप्त गर्न नसक्दा पार्टी प्रति वितृष्णा जागेको देखिन्छ । आफुले भन्दा पछी क्रियासिल सदस्यता लिएका मोहन पाण्डे र स्वा.कमल पङेनी संघीय र भागवत प्रकाश मल्ल प्रदेश सांसद बनेपनि उहाँलाई पार्टीले मुल्यक गर्न नसकेको ठहर छ ।

यस क्षेत्रकै शिक्षा र स्वास्थ्य क्षेत्रका पिता

अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो सम्बन्ध भएका अर्याललाई यस क्षेत्रकै शिक्षा र स्वास्थ क्षेत्रका पिता भन्दा कुनै दुबिधा देखिदैन । कारण हो उहाँको सक्रियतामा वैदेशिक सहायतामा स्थापना भएका हस्पिटल र बिद्यालय भन्दा अहिलेसम्म यस क्षेत्रमा ठुला यी क्षेत्रका सस्था स्थापना हुन सकेका छैनन् ।

राजनीति भनेको सामाजिक सेवा हो भनेर निष्ठाको राजनीति गर्नु भएका अर्यालले २०६० सालमा यस क्षेत्रकै ठुलो बिद्यालय गल्याङ बहुमुखी क्याम्पस स्थापना गर्नुभएको थियो । नेपाल भारतको सहयोगमा गल्याङ नगरपालिका ३ मा स्थापित उक्त क्याम्पसको स्थापना काल देखि निरन्तर १८ बर्ष सम्म अध्यक्षको भुमिका रहेर क्याम्पसलाई पुर्ण विकासित गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । क्याम्पस पुर्ण रुपमा विकसित भएपछि १८ बर्ष पछि नेतृत्व हस्तान्तरण गर्नुभयो । जुन क्याम्पसमा हाल पनि ६०० जना विद्यार्थी अध्यनरत छन् भने उक्त क्याम्पस हालसम्म पनि यो क्षेत्रकै ठूलो मानिन्छ ।

त्यस्तै हालको गल्याङ नगर हस्पिटल पनि उहाँकै सकृयतामा स्थापना भएको थियो । गल्याङ सामुदायिक केन्द्रले नेपाल भारत सहयोगमा स्थापना गरेको अस्पतालमा सस्थापक अध्यक्ष अर्यालनै हुनुहुन्थ्यो । सस्थाले स्थापना गरेको अस्पताल स्थानीय सरकारको गठनसंगै नगरले आफ्नो मातहतमा लिएर नगरवासीलाई राम्रो सेवा सुबिधा दिने जनाएपछि नगरपालिलाई हस्तान्तरण गरिएको थियो । नगरपालिकालाई हस्तान्तरण गरेपनी हाल उहाँ गल्याङ सामुदायिक केन्द्रको अध्यक्ष हुनुहुन्छ ।

वैदेशिक स्तरमा राम्रो सम्बन्ध भएका अर्यालले वैदेशिक सहयोगमा यस क्षेत्रमा ब्लड बैंक र योग केन्द्र स्थापना गर्ने तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय