स्याङ्जामा टुट्यो गठबन्धन सबै क्षेत्रमा काङ्ग्रेसका उम्मेदवार

२०७९ आश्विन २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२३ असोज । स्याङ्जामा गठबन्धन टुटेको छ । सत्ता गठबन्धनलाई स्वीकार गर्न नसक्ने बताउदै आएको नेपाली काङ्ग्रेस स्याङ्जाले गठबन्धन तोड्दै सबै ठाउँमा नेपाली काङ्ग्रेसकाे रुख चिन्हमा उम्मेदवारी दिएको छ ।

संघमा दुई निर्वाचन क्षेत्र भएको जिल्लामा प्रदेश सभाको एक सिट माओवादी र एक सिट एकीकृत समाजवादीलाई परेको थियो । प्रदेश १ को “क” माओवादीको भागमा परेको थियो । उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादीका अमृत थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली काङ्ग्रेसको तर्फबाट गण्डकी प्रदेश शिक्षा तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

त्यस्तै एकीकृत समाजवादीको भागमा परेको क्षेत्र नम्बर २ को “क” मा गठबन्धनको तर्फबाट एकीकृतका समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली काङ्ग्रेसको तर्फबाट भोजराज अर्यालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय