एनपीएलको उद्घाटन खेल : सन्दीप र अनिलको टिम भिड्दै

२०८१ मंसिर १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं  ,१५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको उद्घाटन खेलमा पूर्वेली टिम विराटनगर किङ्ग र जनकपुर बोल्ट्स भिड्दै छन्।  शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२: ४५ मा यी दुई टिमको खेल सुरु हुनेछ।

खेल नेपाली राष्ट्रिय टिमका खेलाडी अनिल शाह र स्पिनर सन्दीप लामिछानेको टिम बीचमा हुनेछ।  दुवै टिम राम्रो तयारीका साथ मैदानमा उत्रने खेल अगाडिको पत्रकार सम्मेलनमा बताएका छन्।

पहिलो दिनमा एक मात्र खेल हुनेछ। यी दुई टिमको कुरा गर्दा दुवै टिम सन्तुलित भएको दाबी गरेका छन्। जनकपुर भने विदेशी खेलाडी आएसँगै टिम सन्तुलित भएको बताउँछ। टिममा नेपाली खेलाडी पनि उत्तिकै प्रतिभाशाली भएका उनीहरुको दावी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय