काठमाडौँ ,१४ मङ्सिर। रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो गाडी काठमाडौँबाट बेताली जाँदै गरेकाे वडाअध्यक्षकाे गाडी सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।
उहाँ गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएकाे थियाे । उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको रामेछापका डीएसपी प्रदीप सिंहले जानकारी दिनुभयाे ।
उहाँले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियाे । थियो ।