स्याङ्जाको कालीगण्डकी किनारमा सडेको अवस्थामा पुरुषको शव फेला

२०७९ आश्विन २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी

स्याङ्जा २७ असोज । गल्याङ नगरपालिका ११ निमघा स्थित कालीगण्डकी किनारमा बुधबार बेलुका सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

फेला परेको शवको अहिलेसम्म नाम थर नखुलेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। शवलाई वालिङ स्वास्थ्य चौकिमा राखिएको छ र यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार