स्याङ्जा,२७ असोज । गाई मारेको आरोपमा गल्याङ र वालिङ् गरि दुई जना पक्राउ परेका छन् ।
विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई फरार रहेका चार प्रतिवादी हरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सुचना अधिकारी पदम राज थापाले जानकारी दिनुभयाे ।
पक्राउ पर्नेमा २०७८/०७/०८ गते गाई मारेको मुद्दामा एक बर्ष पाँच महिना पन्ध्र दिन कैद तोकिई फरार रहेका गल्याङ न पा वडा न ८ बस्ने २७ बर्षिय डोलुराम सार्कीलाई २०७९/०६/२६ गते पक्राउ गरिएको , २०७८/०६/०६ गते लागुऔषध मुद्दामा चार महिना बाह्र दिन कैद र दुई हजार जरिवाना तोकिई फरार रहेका वालिङ न पा वडा न ९ बस्ने २६ बर्षिय प्रविन विक लाई ,२०७८/०७/०८ गते गाई मारेको मुद्दामा एक बर्ष चार महिना तेईस दिन कैद तोकिई फरार रहेका वालिङ न पा १३ बस्ने ३४ बर्षिय राम बहादुर सार्कीहरुलाई २०७९/०६/२६ बुधबार पक्राउ गरिएको छ भने वालिङ न पा वडा न ५ बस्ने ४५ बर्षिय कुस बहादुर सेनलाई ३५७८०० रुपैया ठगि मुद्दामा २ बर्ष कैद जरिवाना तोकिई फरार रहेका २०७९/०६/२४ गते पक्राउ गरिएको छ।
कैद जरिवाना असुल उपरको लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको छ ।