स्याङजा ,२८ असोज । स्याङजाको गल्याङ नगरपालिका २ बटुवा डाडामा ग ३ च १४०४ नम्वरको जिप दुर्घटना हुदा १ जनाको मृत्यु भयको छ । भने दुईजना बेपत्ता भएका छन ।
बुटवलवाट वालिङका लागि छुटेको मालवाहक जिप करिव २ बजेको समयमा अनियन्त्रित भई भिरवाट खसेको हुन सक्ने गल्याङ प्रहरी चौकिले जनाएको छ । मृतकको सनाखत भएको छैन। घटना बारे थप बिबरण आउन बाकि रहेको प्रहरीले जनाएको छ । जिप सिदार्थ राजमार्ग वाट १५० मिटर तल खसेको छ ।
बेपत्ता भएकाको खोजि कार्य जारी रहेको छ ।