पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एकको मृत्यु

२०७९ आश्विन २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, २९ असोज । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका २ हापुरे बस्ने ३० वर्षीय विष्णु सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एव .सुचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार उक्त गाउँको तारे जंगलमा सालको रुपमा रहेको अरिङ्गाल पोल्ने गएका सारु रुखबाट खसेका थिए ।

रुखबाट खसेपछि गम्भीर घाइते भएका सारुको प्रादेशिक अस्पताल बुटबलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय