गल्याङ नगरपालिकाको गाडी बाटोबाट ५० मिटर तल खस्यो, मानवीय क्षति भएन

२०७९ कार्तिक १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, १४ कार्तिक । पार्किङ गरि राखेको गाडीको ओट निकाल्दा गाडी ब्याक भइ बाटो भन्दा करिब ५० मिटर तल खसेको छ । गल्याङ नगरपालिकाको महेन्द्र जिप करिब बिहान ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गल्याङ साना किसानको भवन अगाडि पार्किङ गरि राखेको ग १ झ ३८४ नम्बरको महेन्द्र जिपमा लगाएको ओट निकाल्दा गाडी ब्याक हुन गैइ बाटो बाट तल खसेको हो भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय