स्याङ्जामा बारीबाट लडेर एकको मृत्यु

२०७९ कार्तिक १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १७ कात्तिक । स्याङ्जाको चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा न १० छाप बस्ने वर्ष ४० को दिल बहादुर राना रहेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।

रानाले अत्याधिक मदिरा सेवन गरि बुधबार दिउँसो ३ बजे बारीको कान्लाबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय चापाकोटका डिएसपी खर्ग नारायण शाहले बताउनुभयो ।

मृतकको शव पोष्ट मार्टमको लागि चापाकोट अस्पतालमा राखिएको प्रहरीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय