पाल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

२०७९ कार्तिक २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, २० कात्तिक । पाल्पाको पुर्वखोला गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक पुर्वखोला गाउँपालिका २ राक्से बस्ने २२ वर्ष कमल राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

शनिबार बेलुका ५ः१५ बजे आर्यभन्ज्याङ पुर्वखोला कच्ची सडक खण्डमा चेवाबाट जल्पातर्फ जाँदै गरेको लु ४ त ७१९८ नम्बरको खाली ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक्याटर चालक रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पा बताएको छ ।

प्रहरीले सवारी दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय