स्याङ्जामा सवारी ज्यान मुद्दामा फरार एक पक्राउ

२०७९ कार्तिक २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , २३ कार्तिक। स्याङ्जामा सवारी ज्यान मुद्दाका फरार एक पक्राउ गरिएको छ ।

अदालतले २०७८/०७/३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १बर्ष ५ महिना २१ दिन कैद तोकिई फरार रहेका पाल्पा रम्भा गा पा न २ बस्ने ३८ बर्षिय राज कुमारी दर्जिलाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरी टोलिले गोप्य सुचनाको आधारमा सोमबार पक्राउ गरिएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

दर्जिलाई आवश्यक कारवाहिका लागि मङ्गलबार जिल्ला अदालत समक्ष पेश गरि कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय