निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू केन्द्रमा

२०७९ मंसिर २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी, २ मङ्सिर । मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीमा खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् ।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत तीन सय ४४ मतदान केन्द्रका मतदान अधिकृत सम्बन्धित केन्द्र पुगी निर्वाचन प्रक्रियाअन्तर्गतका काम सुरु गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो । निर्वाचनमा समाचार सङ्कलनका लागि यसपटक सञ्चारकर्मीका लागि आफू कार्यरत सञ्चारगृहको परिचयपत्र देखाएर गर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । जिल्लामा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सबै किसिमको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय