आज राति १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने

२०७९ मंसिर ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ मङ्सिर । निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको छ। शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ।

आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयाे।

‘बिहान ४ बजेदेखि सवारीसाधन चलाउन रोक्ने निर्णय यसअघि नै भइसकेको छ,’ उहाँले भन्न्ुभयाे, ‘कतिपय बाटोमै अलपत्र पर्न सक्ने भएकाले राति १२ बजेदेखि नै रोक लगाउन भनेका छौँ।’

निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। आइतबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा र प्रदेश सभाका लागि देशभरि मतदान हुँदै छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय