वालिङमा स्कुटर दुर्घट्नामा दुई घाईते

२०७९ मंसिर २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,२९ मंसिर । वालिङ मोड नजिक बिहीबार साझ स्कुटर र स्कारर्पियो ठोक्किदा दुईजना घाईते भएका छन् ।

बुटवलतर्फबाट स्याङ्जा जादै गरेको बा २० च १७७१ नम्वरको स्कार्पियाले ग १३ प ४५५३ नम्वरको स्कुटरलाई ठक्कर दिदा दुईजना घाईते भएका हुन् । स्कुटरमा सवार गल्याङ नगरपालिका १० बस्ने टेकबहादुर राना र सोही ठाँउका बर्ष २३ का उमेश राना घाईते भएको प्रहरीले जनाएको छ । दुवै जनाको वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

स्वास्थ्य केन्द्रका अनुसार टेकबहादुर रानाको अवस्था गम्भिर रहेको र उमेशको अवस्था सामान्य रहेको बताइएको छ । वालिङ ६ साठ्ठीघर विवाहबाट फर्कर्दै गर्दा दुर्घट्ना भएको थियो । उनीहरुले चलाएको स्कुटर पनि अर्केको रहेको खुलेको छ । स्पिड बढीभएका कारण दुर्घट्ना भएको हुन सक्ने अनुमान प्रहरीको छ । स्कारर्पियो र चालकलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय