वालिङमा पर्खालले थिचिँदा एकको मृत्यु

२०७९ पुष २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ पुस । स्याङ्जाको वालिङमा शुक्रबार पर्खालले थिचिँदा एक मजदुरको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिादा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीले जानकारी दिनुभयो

सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय