अपराध अनुसन्धानमा केन्द्रित हुन निर्देशन

२०७९ पुष ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ६ पुस । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानमा केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ ।

भर्खंरै सरुवा भएर कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतलाई आज सम्बोधन गर्दै उहाँले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहन निर्देशन दिनुभएको हो ।

उहाँले हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात् अब प्रहरीको नियमित काममा केन्द्रित रहन निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति सङ्ख्यामा अपराधी पक्राउ परे रु जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो रु तस्करी नियन्त्रणमा केकस्ता प्रयास भए रु आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न केकस्ता काम भए रु त्यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताउनुभयो ।

नागरिकबाट आउने महत्वपूर्ण सूचना प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय