गल्याङमा कुकुर आतंक,एक महिला गम्भीर घाइते १० वटा टाँका लगाइयो,पाल्पामा उपचार हुँदै

२०७९ पुष २०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई

स्याङ्जा, २० पौष । गल्याङ नगरपालिकामा कुकुर आतंक बढ्दै गएको छ । सोमबार कुकुरको टोकाइबाट गल्याङ नगरपालिका ११ गल्कोट हुलाक बस्ने ३७ बर्षिया रेनुका पाण्डे अर्याल गम्भीर घाइते हुनुभएको छ ।

बिहान करिब ८:३० बजेको समयमा बारीमा जाने क्रममा ६ वटा कुकुर एकैसाथ जाइ लागेपछि अर्याल गम्भीर घाइते हुनुभएको हो । कुकुरको टोकाइबाट गम्भीर घाइते हुनुभएकी उहाँको पाल्पा मिसनमा उपचार भैइरहेको छ । कुकुरको टोकाइबाट शरीरका विभिन्न स्थानमा गम्भीर चोट पुगेपछि उहाँको शरीरमा हालसम्म १० वटा टाँका लगाइएको छ भने केही स्थानमा कुकुरले मासुनै चुडालेको हुँदा टाका लगाउने समेत अवस्था नरहेको अर्यालका श्रीमान टेकनाथ अर्यालले हेर्ने कुरा अनलाइनलाई जानकारी दिनुभयो । अर्यालले हामीसंग कुराकानी गर्दै भन्नुभयो “घर नजिकै अस्वाभाविक ढंगले कुकुर भुक्न थालेपछि बाघ आएछकि भनेर हेर्ने जादा केही गुहारको आवाज समेत सुने त्यहाँ पुग्दा त आफ्नै श्रीमतीमाथी कुकुर झम्टिएको देखे । मलाई ती कुकुर धपाउन पनि हम्मेहम्मे पार्‍यो । सायद म अलि ढिला गरि पुगेको भए त कुकुरले ज्यानै लिग्ने रहेछन् ।” कुकुरलाई धपाउदा आफैमाथी समेत जाइ लागेको घटना सुनाउदै उहाँले तत्काल एम्बुलेन्स बोलाएर श्रीमतीलाई अस्पताल लगेको बताउनुभयो । उहाँले त्यहीँ ठाउँमा अर्को दिन एक पुरुषलाई तिनै कुकुरले लखेटेको घटना सुनाउदै कुकुरको हुल त्यस्तै रहे अन्य घटना दोहोरी सक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।

घटना स्थल गल्याङ नगरपालिका ११ का वडा अध्यक्ष दल बहादुर सिंजालीले सामुदायिक कुकुरको टोकाइबाट भएको घटना प्रति निकै दुख व्यक्त गर्दै यस्ता घटना आगामी दिनमा दोहोरीन नदिन नगरपालिकासंग समन्वय गरिने बताउनुभयो । त्यस्तै गल्याङ नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले नगरपालिका भित्रका कुकुरहरुलाइ समय समयमा रेबिज विरुद्धको भ्याक्सिन लगाउदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “नगरभित्रका कुकुरलाई समयमा रेबिज विरुद्धको भ्याक्सिन लगाएका छौ । त्यहाँ भन्दा अरु गर्न हामीलाई अधिकार छैन ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय