पर्यटनमन्त्री किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने

२०७९ माघ ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , ३ माघ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताउनुभएको छ । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उहाँले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताउनुभएको हो।

आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उहाँले जानकारी दिनुभयो । मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो , यो क्षेत्रमा के कस्ता कमजोरी छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताउनुभयो ।

मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गर्नुभयो । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उहाँले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय