क्रोयसिया जान लागेका २२ नेपालीहरु त्रिभुवन विमानस्थलबाट पक्राउ

२०७९ माघ ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ४ माघ । एउटै म्यानपावर कम्पनीबाट क्रोयसिया जान लागेका २१ र एक जना म्यानपावर सञ्चालकसहित २२ जना नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू काठमाण्डौंबाट फ्लाई दुबईको जहाजमा दुवई हुँदै क्रोसिया जान भनी हिँडेका २१ जनाको साथमा उक्त रकम भेटिएको थियो। उनीहरूले झोलामै युरो बोकेका थिए।

विमानस्थल सुरक्षा प्रहरीका प्रवक्ता दिपेन्द्र केसीका अनुसार मंगलबार राति सुरक्षा चेकजाँचका क्रममा उनीहरूको साथबाट ५१ हजार ३५० युरो रकम बरामद भएको हो।

पक्राउ पर्नेमा राज कुमार लिम्बु,रोहित रायमाझी,गोविन्द राना ,महेन्द्र,सोनम तामाङ,राजु शाही, मिलन राई,राजु लामा, दशरथ राई,सोम बहादुर के।सी।,नविन थापा मगर,लोप्साङ तामाङ,नगेन्द्र चौधरी,डम्बर बहादुर योङहाङ ,बुद्धिराज नेमाङ लिम्बु ,निवासा लिम्बु,जस बहादुर लिम्बु ,उपेन्द्र मल्ल,किरण लामा,एलिस खत्री,अशोक गुरुङ र म्यानपावर सञ्चालक पदम बहादुर विश्‍वकर्मा रहेका छन ।

म्यानपावर सञ्चालक पदमबहादुर विकले पठाएको भनी खुलाएपनि विक पक्राउ परेका छन्।

उनीहरुलाइ आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय