त्रिभुवन विमानस्थलमा एक घण्टादेखि वेबसाइटमा समस्या आउँदा जहाज उडान बन्द

२०७९ माघ १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १४ माघ। त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ ।

फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५ ६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय