काठमाडौं ,२० माघ। पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा पर्नुभएको छ। नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।
आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ ।