स्याङ्जाको मिर्मीमा एक पुरुषको व्यावारिसे शव फेला

२०७९ माघ २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा, २४ माघ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एक पुरुषको व्यावारिसे शव मंगलबार फेला परेकाे छ ।

कालीगण्डकी गाउँपालिका ७ मिर्मी ड्यामस्थित कालीगण्डकी नदी किनारमा १२ः३० बजे नाम थर नखुलेको अन्दाजी ५०(५२ वर्षीय पुरुषको व्यावारिसे शव फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय