शसस्त्र प्रहरी गुल्म वालिङमै रहनुपर्ने सरोकारवालाको जोड

२०७९ माघ २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,२६ माघ । वालिङका जनप्रतिनिधि तथा सरोकारावालाले शसस्त्र गुल्म वालिङमै राख्नुपर्नेमा जोड दिएका छन् । विहिबार वालिङ नगरपालिका सभाहलमा आयोजित अन्र्तक्रियामा सहभागिले सुरक्षाको दृष्टिकोणले शसस्त्र गुल्म वालिङमा अपरिहार्य रहेको बताएका हुन् ।

शसस्त्र प्रहरी बल नं. ३० गुल्म वालिङ ८ घयाङलिङमा विगत २२ वर्षदेखि अस्थाई रुपमा रहँदै आएकोमा गुल्मलाई जग्गा व्यवस्थापन सम्बन्धी अन्र्तक्रिया नगरपालिकाले आयोजना गरेको थियो । विगत २२ वर्षदेखि शसस्त्र प्रहरी पुर्णामृत भवानी माविको स्वामित्वमा रहेको जग्गामा बस्दै आएको छ । उक्त अन्र्तक्रियामा सांसद देखि नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारलाहरुले शसस्त्र गुल्मलाई वालिङमै राख्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमा गण्डकी प्रदेश सांसद सरस्वति अर्याल तिवारीले शसस्त्र द्धन्दकालदेखि वालिङमा रहेको शसस्त्र प्रहरी बललाई यहाँको दिगो विकासका लागी पनि यही राख्नुपर्नेमा जोड दिनुभएको छ । वालिङ बजारदेखि केहि माथि घ्याङलिङ डाँडामा रहेको शसस्त्र गुल्म अन्य सुरक्षाको हिसाबले समेत उक्त स्थान महत्वपुर्ण रहेको भन्दै गुल्मलाई यथास्थानमै स्थायी रुपमा राख्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका निर्वतमान सांसद मोहन रेग्मीले समेत वालिङमा बढिरहेको जनघनत्व तथा यहाँको दिर्घकालिन विकास र समृद्धिका लागी शसस्त्र गुल्म वालिङमै रहनुपर्ने बताउनुभयो । शसस्त्र गुल्म बलका कारण पनि वालिङका नागरिकको अमनयचन सुरक्षित रहेको बताउँदै गुल्म स्थायी रुपमा व्यवस्थापन गर्नका लागी सबै एकजुट हुनुपर्ने बताउनुभयो । वालिङ नगरप्रमुखले वालिङ नगरभित्रको शान्ति सुरक्षा संगै विपत्को समयमा पनि ठुलो सहयोग भइरहेको र अस्थायी रुपमा लामो समयसम्म हुदा भौतिक निर्माण गर्न पनि सहज नहुने वर्षा समयमा राति बस्न असहज भएकोले तिन महिना भित्र यो जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै वालिङ नगरउपप्रमुखले वालिङका स्थानीयहरुलाइ सुरक्षाको अनुभूति दिलाउन र वालिङ भित्र भएको वित्तिय संघ संस्थाको सुरक्षाको निमित्त शसत्र प्रहरी बल वालिङमै हुनुपर्ने जोड दिनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु, पार्टीका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवालाहरुले शसस्त्र गुल्म वालिङमै राख्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा शसस्त्र गुल्मीका डिएसपि राजनलाल श्रेष्ठले २०५८ मा बेस क्याम्पमा रहेको शसस्त्र बोर्स अहिले २०७५ सालबाट १६० जनाको दरबन्दीमा स्थायी शसस्त्र प्रहरी गुल्म नं. ३० मा सञ्चालित रहेको र जग्गा स्थायी नहुँदा मौतिक संचरना लगायतमा समस्या झेल्दै आएको बताउनुभयो ।

पुर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले यसअघिको कुनै पनि विद्यालय व्यवस्थापन समितिले शसस्त्र प्रहरी गुल्म रहेको जग्गा स्थायी रुपमा दिने निर्णय नगरेको प्रस्ट पार्नुभयो । यसअघि विद्यालयले आफ्नो जग्गालाई आम्दानीको स्रोत बनाउन खोजिएको र २०७५ सालमा वालिङ नगरकार्यपालिका बैठकले शसस्त्र प्रहरी बल रहेको जग्गा दिने निर्णय गरेको तर विद्यालयले स्वीकार नगरेको जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकसहित १ हजार ५० जनाले हस्ताक्षर गरी विद्यालयको जग्गा विद्यालयले नै प्रयोजनमा ल्याउनुपर्ने माग समेत गरेका थिए । उक्त विषयमा सर्वोच्च अदालतमा मुद्धा समेत परेको र आदालतले विद्यालयको स्वामित्वमा रहेको जग्गा विसुद्ध शैक्षिक प्रयोजनमा बाहेक अन्य प्रयोजनमा लगाउन नपाईने फैसला समेत गरेको विद्यालयका प्रधानाध्यापक अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय