वालिङमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक घाइते

२०७९ माघ २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा, २८ माघ । स्याङ्जाको वालिङ नगरपालिकामा शनिबार मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

घाईते हुनेमा स्कुटर पछाडि सवार वालिङ नगरपालिका ६ मिर्दि बस्ने ३८ वर्षीय पार्वती खाँण रहेकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

शनिबार दिउँसो ३ः३० बजे वालिङ नगरपालिका ८ बगाले टोलस्थित भित्री सडक खण्डमा वालिङ हस्पिटलबाट मोडतर्फ जाँदै गरेको ग १९ प १३१२ नम्बरको स्कुटरलाई बगाले टोलबाट कटरबोट तर्फ जादैँ गरेको लु ८१ प ६७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा खाँण घाइते भएकी हुन् ।

खाँणको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले बताएको छ । उनको कम्मर र छातीमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।

प्रहरीले मोटरसाइकल चालक र दुबै सवारी साधन नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय