स्याङ्जामा जेठाजु र श्रीमान मिलेर कमलाको हत्या प्रयास,घाइतेको पोखरामा उपचार हुँदै

२०७९ फाल्गुन ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,३ फागुन । स्याङ्जाको पुतलीबजार नगरपालिका १३ बस्ने कमला न्यौपाने सुवेदी लाई उहाँका श्रीमान लक्ष्मी प्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेले हत्या गर्ने योजना सहित कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ ।

श्रीमान र जेठाजुको कुटाइ पछि बेहोस हुनुभएकी कमलालाई गाउँलेले उद्दार गरेर अस्पताल पुर्याएपछी घटना बाहिर आएको हो । घरमा कोहि नभएको बेला कमला माथी श्रीमान र जेठाजु हत्याको शैलीमा उत्रिएकाे पिडित पक्षको आरोप छ । कमलाकाे हत्या प्रयासकाे अभियोगमा उहाँका श्रीमान लक्ष्मी प्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेलाई जिल्ला प्रहरी कार्यलय स्याङ्जाले हिरासतमा लिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो ।

यस्तो छ घटनाको प्रवृत्ति

स्याङ्जा जिल्ला पुतलिवजार नगरपालिका वडा १३ निवासी कमला न्यौपाने सुवेदी आफ्नै श्रीमानको कुटाईवाट सख्त घाईत भएपछि उहाँलाई पारिवारिक मिलेमतोमा ऊपचार गर्न पनि समय मा लगिएन । घटना घटेको करिव १७/१८ घण्टा पछि नजिकैको कालिका अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको थियो । अहिले कमलाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

उपचारका लागि अस्पताल लगेपछि सुरुमा उच्च रक्त चाप कारण खरबारिमा लडेर विरामी भएको भनिएपनि शरिरमा देखिएका चोट र श्रीमानको व्यवहारका कारण शंका लागि घाईतको घरमै पुगि सोधखोज गर्दा घटनाले रहस्यमय मोड लिएको पिडितका भाई तेज प्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो “जब हामी दिदीको घरमा पुग्यौ त्यहाँको बस्तु स्थिति फरक देखियो चुरा पोतेका टुक्रा र रगतको भेल अनि वान्ता देखेपछि अन्य पारिवारिक सदस्यलाई सोध्न लाग्यौ तर उहाहरू विरामीको वस्तुस्थिती भन्नु भन्दापनि घटना लुकाउने तर्फ अग्रसर हुनुभयो ।” तेज प्रसादले हेर्नेकुरा डटकम संगको कुराकानीमा भन्नुभयो अपराध कति समय टिक्छ र अलि गहिरो गरि सोध्दा उहांहरुको व्यवहारमा समेत थप शंकास्पत देखियो र अन्य गाउँलेहरूको समेत उपस्थिती भएपछि र पारिवारको संकास्पत व्यवहार देखिएपछि विरामीको बस्तु स्थिति बुझ्न जिल्ला प्रहरी कार्यलय कास्की र घटनास्थल बुझ्न जिल्ला प्रहरी कार्यलय स्याङ्जालाई खबर गरेका हौ । त्यसपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरीको टोलि घटनास्थल पुगेर अनुसंधान गरेपछि थप निष्कर्ष निस्कियो घटना संकास्पत छ । तेज प्रसादको कुरा छ ।

यो प्रक्रिया हुँदा सम्म उता पोखरामा कमलाका श्रीमान र जेठाजू मिलेर घाईतेका छोरालाई राम मन्दिरमा लगेर आकस्मिक व्रतवन्ध गराई सकेको जानकारी आएपछि जसले घटना लाई थप संकास्पत बनाएको पिडितका भाई जिवन सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो “यदि उहाहरु सहि हुनुहुथ्यो भने भान्जाको व्रतवन्ध गर्न किन हतार गर्नु भयो ।” उहाँका अनुसार कलेज गएकी छोरीलाई वाटोमा फुपुदिदि (काली दिदिद ) लिन आई तेरि मम्मी खरवारीमा स्याऊला काट्न जादा लडेर पोखरा लगेको छ केहि पिर नमान भन्दै घर ल्याएको बताउनुभयो । छोरी घर पुगेपछि रगत चुरापोतेका टुक्रा देखेपछि माथि ठूलोवुवाको घरमा गएर सोधे ममीलाई के भएको होर रगत पनि छ भनेपछि कहां छ रगत भन्दै ठूलोवुवा सगै तल घर (घटना स्थल) पछिपछि झर्नु भयो र भुईपुस्ने पोछा भिजाएर रगत वगेको ठाऊ आफै पुछ्नु भयो । अनि छोरीलाई कोठा र भुई तथा रगत र वान्ताले फोहर कपडा सफा गर्न लगाऊनु भयो पिडित कि कान्छी छोरी कृशला न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो मैले गाउँले हरुसंग बुझ्दा एक्कासी वढि नै विरामी भै प्रेसरले हानेको भनि गाउले समेत वोलाई अस्पताल लगिएको रहेछ । अन्य थप कुरा थाहा नभएको गाउलेहरूले बताएपछि घटनास्थलमा एकपछि अर्को प्रमाण भेटिएपछि घाईते कमलाका जेठाजूले रगत पोछा लगाएर पुछेको र अन्य प्रमाण समेत नष्ट गर्न खोजेको देखेपछि घटनामा थप संका पैदा भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय