वालिङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

२०७९ फाल्गुन ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा, ८ फागुन । वालिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नविन सुनार र वालिङ नगरपालिका ८ मिर्दि बस्ने अन्दाजी १४ वर्षीय सोविन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका ६ आम्डाली स्थित भित्री सडक खण्डमा जगत भङ्जयाङबाट मिर्दि तर्फ ढुङगा लिएर आउँदै गरेको ग १ त ६८८६ को नम्बरको ट्याक्टर आइतबार राति ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय