संसदबाट तोसिमाको प्रश्न : सडक विभाग र खानेपानीकाे काम गर्न नसक्नु ठूला ठेकेदारको मिलोमतो र दबाव हो ?

२०७९ फाल्गुन १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भनी सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गर्नुभएकाे छ ।

ललितपुर क्षेत्र हेपिएको मात्र होइन राज्यको दृष्टि मा नपरेको भान हुन्छ ।पानी परे हिलो घाम लागे धुलो , पानी हाले चिप्लिएर लड्ने नहाले दम खोकिले मर्ने यसैसँग जोडिएर उनी भन्छिन्, ‘नेपाल सरकारको संघीय मन्त्रिपरिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ रु’ टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिएको उल्लेख गर्दै उहाँले भन्नुुभयो, ‘सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेड काम गर्न नसक्नु कसको स्वार्थ हो ?‘ठूला ठेकेदारको मिलोमतो र दबाव हो ?’

राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथि अपराध भएको उल्लेख गर्दै उनले भनिन्, ‘माननीय भौत्तिक पूर्वाधार मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु– सार्वजनिक निर्माणको यो ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गरियोस् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय