बैंकको किस्ता तिर्न नसकेर एक व्यवसायीले गरे आत्महत्या

२०७९ फाल्गुन १७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१७ फागुन । बैंकको किस्ता तिर्न नसकेर एक व्यवसायीले आत्महत्या गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायी अन्दाजी ५० वर्षीय दीपक पौडेलले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

व्यवसाय सञ्चालनका लागि भन्दै ऋण लिनुभएका पौडेलदआर्थिक व्यवहार बिग्रिएपछि उहाँले प्राण त्याग गरेको भन्ने जानकारी आएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको भनाई छ ।

आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि उहाँ केहि समयदेखि पीडामा हुनुन्थ्यो। पारिवारिक स्रोतका अनुसार उहााले पछिल्ला केही दिनदेखि घरमा पनि ऋणको भार एकदमै बढी भएको र आफुले अब थेग्न नसक्ने बताउँदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय