झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु

२०७९ फाल्गुन २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देही,२२ फागुन। झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु भएको छ । रुपन्देही सैनामैना नगरपालिका वडा नं। १० बस्ने बर्ष १४ की सिता ज्ञवाली रहेकी छन् ।

झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पिडित बालिकाको सम्बन्धमा अनुसन्धान गरी बुझ्दै जाँदा उक्त झारफुक गरी सन्चो गराउछु भन्दै कुटपिट गर्ने महिला जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं। १० बस्ने बर्ष २२ की माता भन्ने सोनिया रेश्मी रहेकी प्रवक्ता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताउनुभएको छ ।

एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरिर माथि चढी (बसी)हातमा घण्टी बजाउदै गालामा थप्पड हान्ने, आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडियो प्रकाशन भएको फेला परेको थियो ।

कुटपिटबाट २० गते राति सीताको मृत्यु भएको र शवलाई राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ गरेको हो । उहाँलाई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय