स्याङ्जामा श्रीमान द्वारा श्रीमतीको हत्या

२०७९ चैत्र ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी
स्याङ्जा,९ चैत । श्रीमानको कुटाइ बाट घाइते हुनुभएकी स्याङ्जा पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा निधन भएको छ ।

श्रीमान लक्ष्मी प्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटाइ बाट माघ २२ गते राती कुटपिटमा पर्नुभएकी कमलको उपचारको क्रममा काठमाडौमा निधन भएको प्रहरीले जनाएको छ । कुटपिट पछि बेहोस कमला लाई गाउँलेको सहारामा १४/१५ घण्टा पछी मात्रै अस्पताल लगिएको थियो । गाउँलेले कमलालाई नदेखेपछी सोधिखोजी गर्दा आफ्नै घरमा श्रीमानको कुटाइबाट बेहोस अवस्थामा भेटेपछि गाउलेको सहारामा अस्पताल लगिएको थियो । पोखरा हुँदै काठमाडौ नर्भिक अस्पतालमा उपचार कमलाको बुधबार निधन भएको हो ।

कुटपिटमा संलग्न श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेलाई यस अघि नै प्रहरीले नियन्त्रण लिएको थियो । जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई २ लाख धरौटीमा छोडेको छ भने श्रीमान लक्ष्मीप्रसाद लाई पुर्पक्षकाका लागि जिल्ला कारागार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय