बेचबिखनमा परेका ९ जना युवतीहरुको उद्दार,अभियुक्तहरु पक्राउ

२०७९ चैत्र १३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ चैत । काठमाण्डौका बिभिन्न बार,क्लव,क्याफे,दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई भारतको दिल्ली स्थित बिभीन्न होटल,रेष्टुरन्ट,फेन्सी पसलमा आकर्षक काम लागाइदिने र कमाई समेत राम्रो हुने भनी प्रलोभनमा पारि जबर्जस्ती बेश्याबृत्तीमा लगाउने कार्यमा संलग्न तिन जनालाइ प्रहरीले पक्राउ गरेको छ भने बेचबिखनमा परेका ९ जना युवतीहरुको उद्दार गरेको छ ।

बेचबिखनमा परेका ९ जना युवतीहरुलाई मानव बेचबिखन अनुसन्धान व्युरोको समन्वयमा भारत स्थित नेपाली दुतावास,भारतीय सामाजीक संस्था KIN INDIA,नेपाल स्थित शक्ति समुह एवं भारतीय प्रहरीको सहयोगमा शकुसल उद्दार गरिएको व्युरोका प्रवक्ता कृष्ण प्रसाद पगेनीले जानकारी दिनुभयो । उद्दार गरिएकासबैलाइ सामाजिक संस्थाको संरक्षणमा राखीएको पनि उहाँले जानकारी दिनुुभयो ।

काठमाण्डौका माछापोखरी,बसपार्क लगायतका ठाँउहरुमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरुलाई बिभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पारी भारतको दिल्ली स्थित बिभीन्न स्थानमा बेचबिखन कार्यमा संग्लन तिन जनालाइ प्रहरीले प्रकाउ गरेको हाे । पक्राउ पर्नेमा मकवानपुर जिल्ला भिमफेदी गापा ९, बस्ने बर्ष २० की सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङ जिल्ला धुनबेशी न.पा. वडा नं २ बस्ने बर्ष २५ को भुवन तामाङ, धादिङ जिल्ला धुनबेशी न.पा. वडा २ बस्ने भुवन तामाङको श्रीमती वर्ष २० की शुष्मा मग्राती रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय