गल्याङमा जिप दुर्घटना ,तिनजना घाइते

२०७९ चैत्र १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा,१९ चैत ।गल्याङ नगरपालिका ११ काम्लाङमा लु १ च ५०४६  नं को जिप दुर्घटना भएको छ । जिपमा ५ सवार मध्ये तीन जना घाइते भएका छन ।

आइतबार बिहान ८ बजेको समयमा जिमुहाबाट बसाइँसराइका लागि बुटवल जाने क्रममा काम्लाङमा जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते ३ जना मध्ये एक जनासामान्य उपचार पछी घर फर्किएका छन भने दुई जनाको गल्याङ अस्पतालमा उपचार भइरहेको छ ।घाइते को अवस्था सामान्य रहेका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय