ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

२०७९ चैत्र २५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२५ चैत । काठमाडौंको ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा एयर डाइग्नोस्टिकको हेलिकप्टर दुर्घटना भएको हो।

महाराजगञ्ज प्रहरी वृत्तका अुनसार एयर डाइग्नोस्टिकको हेलिकप्टर पछाडिको भाग खुस्किएको छ।

चितवनमा बिरामी लिनका लागि डाक्टर लिन पुगेको हेलिकप्टरको पछाडिको भाग खुस्किएको बताइएको छ। अहिले हेलिकप्टर हेलिप्याडमा नै राखिएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय