‘लैङ्गिक हिंसालाई समाजिक अपराध मानिन्छ’

२०७९ चैत्र २९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,, २९ चैत । लैङ्गक हिंसालाई समाजिक अपराध मानिने एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । संविधानले समेत बर्जित गरेको यस्ता प्रकारका अपराध अझै पनि समाजमा बेला—बेलामा हुने गरेको तथ्याङ्कले देखाउने गरेकोले यस्ता क्रियाकलाप सामाजिक अपराध मानिने बक्ताहरुले बताएका हुन् । नयाँ गोरेटो संस्थाले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको सचेतना तालिममा बोल्ने बक्ताहरुले यस्ता घट्नाले समाजलाई नै अझै अन्धकारमय बनाएको बक्ताहरुको भनाई थियो । प्रजातन्त्रदेखी लोकतान्त्रिक गणतन्त्र सम्म मुलुकले फड्को मार्दापनि समाजिक अपराधका घट्ना न्युनिकरण हुन नसक्नु सचेतनाको अभाव अझै कायम रहेको बक्ताहरुको भनाई छ ।

समाजमा अझै पनि लैङ्गिक हिंसाका घट्नाले प्रशय पाईरहेको गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । लैङ्गिक हिंसालाई सामाजिक अपराध मानिएको छ उनले भने,‘लैङ्गक हिंसा बिरुद्ध गाउँटोल, बस्तीमा पुगेर सचेतना फैलाउन आवश्यक देखिएको छ ।’ लैङ्गिक हिंसा सहन नहुने भन्दै नगर प्रमुख भट्टराईले त्यसका विरुद्व सबैले ससक्त आवाज उठाउनु पर्नेमा जोड दिएका छन् । हामीले आफ्नो घर गाउँ समुदायमा हुने लैङ्गिक हिंसाका विरुद्व एक भएर समस्याको समाधानमा लाग्नु हामी सचेत नागरिकको कर्तव्य रहेको उनले बताए । गल्याङ् नगरलाई कसरी हिंसा रहित नगरपालिका निर्माण गर्न सकिन्छ भन्ने पक्षमा हामी छौं उनले भने,‘सामाजिक न्यायको पक्षमा नगरपालिकाले सबैसगँ हातेमालो गर्छ ।’ समाजमा हुने यस्ता क्रियाकलाप समुदायस्तरबाट समाधान भयो भने लैङ्गिक हिंसाको न्युनिकरण हुनेछ उनले भने ।

घट्ना समान्य रहेपनि यसले बिराल रुप लिन सक्ने भन्दै सरोकारवालाहरुले ग्रामिण क्षेत्रबाटै सचेतना अभियान शुरु गर्नुपर्ने औल्याएका छन् । जिल्ला न्यायधिस रोमकान्त ज्ञावालीले जातियभेदभाव, छुवाछुत्, बोक्सीको आरोप लागेका मुद्धाहरु अझै अदालतमा आइरहेको बताए । समुदायमै मिलाउनु पर्ने घट्ना अदालतमा आईपग्न थालेका छन् उनले भने,‘न्याय निरुपणमा पिडित र पिडकले यस्ता सामान्य बिषयमा झमेला व्यहोर्नुपरेको छ ।’ हिंसाकै कारण हुने सामान्य झगडालाई अदालतमा पुग्ने बातावरण भन्दा पनि मेलमिलापको माध्यमबाट मिलाउनुपर्छ उनले भने ।

गल्याङ् नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र गल्याङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराईले समाजमा अझै हिंसाबोध हुने खालका घट्ना घट्नु दुखदायी भएको बताएका थिए । यसको न्युनिकरणका लागि स्थानीय सरकारले छुट्टै कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने उनीहरुको सुझाव छ । तालिममा घरेलु हिंसा, जातिय भेदभाव तथा छुवाछुत, बोक्सीको आरोप, मानब बेचविखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहार, विद्युतीय कारोबार, मुलुकी अपराध संहिता, अपराध पीडित संरक्षण ऐन, बालवालिका सम्बन्धी लगायतका विषयमा तालिम विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको थियो । गल्याङ् बहुमुखी क्याम्पसका १ सय जना विद्यार्थीहरुको सहभागीता रहेको तालिमलाई जिल्ला न्यायधिस रोमकान्त ज्ञवाली र शाखा अधिकृत रामचन्द्र उपाध्याय, लेखा अधिकृत प्रकाश खनालले प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुमा लैङ्गिक हिंसाको बारेमा सचेतना जगाउदै जाने हो भने भोलीका दिनमा यस्ता प्रशिक्षणले समाजमा महत्वपुर्ण भुमिका खेल्ने उनीहरुको तर्क छ ।

नागरिकले मुलुकी ऐन संहिताको अध्ययन नगर्दा र जानकारी नहुँदा धेरै सामाजिक अपराधका घरेलु हिंसा घट्न थालेकाले यस्ता तालिमको आयोजना गरिएको नयाँ गोरेटो संस्थाका अध्यक्ष मञ्जु भूषालले जानकारी दिएकी थिईन् । तालिमको सहजीकरण संस्थाका सदस्य अनु बस्याल र साधना न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय