गाई काटेको अभियोगमा तीन पक्राउ

२०८० भाद्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ,१० भदौ । गाई काटेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका(६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौबताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार