नेशनल प्याब्सन काठमाडौ महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा खरेल

२०८० भाद्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौ,१७ भदौ । राष्ट्रिय निजि तथा आवासीय बिधालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौ महानगर समितिको दोश्रो अधिवेशन सनिवार काठमाडौको धुम्बाराहीमा रहेको दियो बङ्वैटमा सम्पन्न भएको छ ।

एसोसिएसनका महानगर सचीव नवराज पाण्डेको संचालन संगै सुरु भएको समितिको दोश्रो अधिवेशनमा महानगर समितीका अध्यक्ष भीष्म पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य एसोसिएसन महानगर उपाध्यक्ष बिजय खरेल गर्नुभएको थियो भने युनिभर्सल स्कुलका विद्यार्थीहरुको नृत्य रहेको थियो ।

कार्यक्रममा नगर समितिको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष निरज आचार्यले मन्तव्य राख्नुभएको थियो । त्यस्तै केन्द्रिय सह अध्यक्ष सुवास न्यौपाने, केन्द्रिय सल्लाहकार सुर्य बहादुर अधिकारीले पनि मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला सचीव अमृत खड्काले अबको जिल्ला अध्यक्षको लागि उम्मेदवारी घोषणा समेत गर्नुभयो । नयाँ कार्यसमितिलाई शुभकामना दिदै खड्काले अबको जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा समेत गर्नुभएकाे हाे ।

कार्यक्रममा समितिका काठमाडौ जिल्ला उपाध्यक्ष होम बहादुर अधिकारी ‘मनोज’ ले पनि जिल्ला अध्यक्षको लागि उम्मेदवारी घोषणा गर्नुभयो । भदौ २७ गते हुन लागेको जिल्ला अधिवेशनको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकाे उहाँको भनाइ थियो ।

काठमाडौ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने सबैलाई शुभकामना दिदै अहिलेको समितीमा पनि काम गर्न कुनै रोकतोक नभएको धारणा राख्नुभयो ।

प्रदेश अध्यक्ष नारायण कार्कीले संगठनलाई व्यवसाय नबनाउन आग्रह गर्नुभयो । उहाँले संगठनमा गुट र उपगुट हुन नहुने धारणा समेत राख्नुभयो ।

पुर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले महानगरको नेतृत्व अथवा महानगरमा हुने गतिविधि सबैको चासोको बिषय रहने हुँदा नेतृत्वमा आउनेले अब्बल ढंगले काम गर्नुपर्ने धारणा राख्नुभयो । बिधालयबाट बन्चित भएका नागरिकलाई शिक्षा दिने काम निजि बिधालयले गरेको भन्दै उहाँले सरकारलाई निजि बिधालयहरुले सहयोग गरेको धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष पाण्डव हमालले नेतृत्व सर्वसम्मत हुनुपर्ने धारणा राख्दै अहिलेसम्म सबै तिर सर्वसम्मत रुपमा नेतृत्व चयन भएको उदाहरण समेत प्रस्तुत गर्नुभयो । सरकारलाई खबरदारी गर्दै उहाँले शिक्षा विधेयक सच्याउने सर्तमा आन्दोलन स्थगित भएको धारणा राख्दै सम्झौता भन्दा तलमाथि भए पुनः आन्दोलनमा उत्रिन बाध्य हुनुपर्ने चेतावनी समेत दिनुभयो ।

आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिदै कार्यक्रमका सभापति एवम् अध्यक्ष भीष्म पाण्डेले आफ्नो कार्यकालसंगै औपचारिक कार्यक्रम समेत समापन भएको घोषणा गर्नुभएको थियो ।

नयाँ नेतृत्व चयन अध्यक्षमा खरेल

राष्ट्रिय निजि तथा आवासीय बिधालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौ महानगर समितिको दोश्रो अधिवेशनबाट काठमाडौ महानगर समितिले नयाँ नेतृत्व पाएको छ । अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको थियो । नयाँ नेतृत्व निम्न अनुसार रहेको छ ।
अध्यक्ष : विजय कुमार खरेल
बरिष्ठ उपाध्यक्ष : नवराज पाण्डे
उपाध्यक्ष : शेरबहादुर पौडेल
कोषाध्यक्ष : सुनिल केसि
सह-कोषाध्यक्ष: टंक गैरे
सचिव : रमेश भट्टराई
सह-सचिव : प्रकाश श्रेष्ठ
सदस्यहरु : निलम मणि भुर्तेल
लेखनाथ ढुंगाना
मनिष श्रेष्ठ
ज्ञान महर्जन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय