सरकार फेल भैइसक्यो,अब शिक्षा क्षेत्रको जिम्मेवारी निजि क्षेत्रलाई : पुर्व शिक्षा मन्त्री

२०८० भाद्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौँ, २७ भदौ । देशमा गतिलो शिक्षा नीति नहुदा यो देश बुढाबुढीको मात्र हुन लागेको भन्दै यता तर्फबाट सरकार गम्भीर हुनुपर्ने धारणा पुर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको छ ।

बुधबार काठमाडौको सोल्टी होटलमा आयोजना भएको राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को ८ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पुर्व मन्त्री श्रेष्ठले देशमा गतिलो शिक्षा नहुदा अहिलेका युवा युवती बिदेश जाने क्रम बढेको भन्दै यसलाई रोक्न अब निजि क्षेत्रका शैक्षिक सस्था जुर्मुराउनुपर्ने धारणा राख्नुभयो ।

निजि क्षेत्रको विकास बिना देशको विकास सम्भव नहुने धारणा राख्दै उहाँले निजि क्षेत्रको शिक्षालाई अझ परिस्कृत र सीप मुलक बनाउनुपर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘शिक्षामा निजि क्षेत्रलाई अझ परिस्कृत बनाउदै सीप मुलक शिक्षा प्रदान गर्न प्रोत्साहन गर्नुपर्छू ।’

देशमा बुढाबुढी मात्रै हुँदा मृत्यु भएपछि पनि लास जलाउनको लागी सन्तान कुर्नुपर्ने विकराल अवस्था आएको भन्दै यस्तो अवस्था अब रोक्नको लागि निजि क्षेत्र सक्रिय हुनुपर्ने बताउनुभयो । देशमा सीप मुलक शिक्षाको विकास गर्न पनि निजि क्षेत्र अगाडि आउनुपर्ने धारणा उहाँको थियो ।

नेशनल प्याब्सन को ८ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व प्रदान गर्दै सकिनेछ । प्याब्सनको जिल्ला नेतृत्वलाई सर्वसम्मत बनाउनुपर्ने धारण उपस्थित अधिकाम्स रहेको थियो भने केन्द्रिय नेतृत्वको पनि जिल्ला नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय