काठमाडौं ,४ असोज । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको हो ।
बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो ।
सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी हुुनुुहुुन्थ्यो।
आन्दोलनरत शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक भएपनि निचोडमा भने पुगेको छैन ।
वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलन फिर्ता लिन आग्रह गर्नुुभएको थियो ।
शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।