शिक्षकहरूको आन्दोलनले सडक अस्तव्यस्त (तस्बिरहरू)

२०८० आश्विन ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ५ असोज । शिक्षा विधेयकविरूद्ध आज तेस्रो दिन पनि शिक्षकहरूले आन्दोलन गरेका छन्। उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।

शिक्षकहरूको आन्दोलनले सडक अस्तव्यस्त बनेको छ। जसले गर्दा सडकमा जाम बढेको छ। ट्राफिक प्रहरीले भने आन्दोलनलाई मध्यनजर गर्दै सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

बिहीबार साँझ आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता भए पनि वार्ता बिनानिश्कर्ष टुंगिएको थियो। वार्ता आज पनि बस्ने भनिएको छ।

शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका हुन्। बुधबारदेखि सुरू भएको आन्‍दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका

 

 

छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय