सेतिबेनिमा नुहाउने क्रमश एउटै परिवारका ४ जनालाई कालीगण्डकी नदिने बगायो

२०८० कार्तिक १७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा, १७ कार्तिक । पर्वत जिल्लाको बिहादी गाउँपालिकाबाट तीन जिल्लाको संगम स्थल सेतिबेनी सिला दर्शन गर्न पुगेका एउटै घरका ४ जनालाई कालीगण्डकी नदिले बगाएको छ ।

नुहाउने क्रममा चिप्लिएर ४ जनालाई बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जनाको तत्काल उद्दार गरिएको थियो भने ४ बर्षिया छोरा र २७ बर्षिया आमाको धेरै पछी मात्रै उद्दार गरिएको थियो ।

तत्काल उद्दार गरिएका २ जनाको अवस्था सामान्य छ भने धेरै समय पछि उद्दार गरिएका ४ बर्षिया बालक रियान भट्टराई र २७ बर्षिया आमा रितु भट्टराईलाई उद्दार पछी हस्पिटल पठाइएको प्रहरीले जनाएको छ । घटना शुक्रबार बिहान करिब ९:२५ को आसपासमा घटेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय