जाजरकोटमा भुकम्प, रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ कार्तिक । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६।४ म्याग्ननिच्युडको भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताउनुुभयो। यो प्रारम्भिक विवरण भएको र थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुुभयो।

सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताउनुुभयो।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताउनुुभयो।

उहाँले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताउनुुभयो।

चौरजहारी नगरपालिका(७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय