पिपलडाडामा रोकि राखेको ट्याक्टरमा ट्याक्सी ठोकिदा ५ घाइते

२०८० कार्तिक १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी,

स्याङ्जा,१९ कार्तिक । पाल्पाको रम्भा गाउँपालिका ३ सेरा (पिपलडाडा) स्थित सिद्धार्थ राजमार्गमा रोकि राखेको ट्याक्टरमा ट्याक्सी ठोकिदा ५ जना घाइते भएका छन् ।

बुटवलबाट पोखरा तर्फ जादै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तीमा अनियन्त्रित हुँदा छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिदा चलाक सहित पाँच जना घाइते भएका छन् । बिहान करिब ९स्४० को समयमा घटेको घटनाका घाइतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते हुनेमा चालक पोखरा उपमहानगरपालिका १५ बस्ने ३८ बर्षका सुरेश गुरुङ, पोखरा उपमहानगरपालिका १५ नयाँ गाउँ बस्ने ७४ बर्षका धनबहादुर गुरुङ, सोही ठाउँ बस्ने ७० बर्षिया गगा गुरुङ, सोही ठाउँ बस्ने ४० बर्षिया विनोद गुरुङ र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका १० रामनगर बस्ने ७२ बर्षिया भिम बहादुर गुरुङ रहेका छन् भने घटनाको थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय