बैकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ

२०८० कार्तिक २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी

धादिङ,२१ कार्तिक । बैकिङ कसूर मुद्धाका फरार प्रतिवादी धादिङ सिद्धलेख गाउँपालिका घर भई हाल गोरखा नगरपालिका–६ हरमटारी बस्ने दिपेश मगर पक्राउ परेका छन् ।

धादिङको गजुरी गाउँपालिका–२ का ३८ वर्षीय बसन्ता कंडेलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मगरले कंडेलबाट २१ लाख २० हजार नगद सापटी लिएका थिए । सापटी रकम फिर्ताका लागी भन्दै मगरले कडेललाई आफ्नो नाममा खाता भएको मेघा बैंक लिमिटेड गोरखा शाखाको चेक दिएका थिए ।

उक्त चेक सटही गर्न जाँदा खातामा पर्याप्त रकम नभएको भनी चेक अनादर भई फिर्ता भएपछि पीडितले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएकी थिइन् ।

सोही आधारमा प्रहरीले मगरलाई सोमवार गोरखा नगरपालिका–६ हरमटारीबाट पक्राउ गरेको हो । पक्राउ परेको मगरलाई बैकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय