चापाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते

२०८० कार्तिक २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २२ कात्तिक । स्याङ्जाको चापाकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा चापाकोट नगरपालिका ९ बस्ने ३६ वर्षीय यम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।

चापाकोट नगरपालिका ९ लाङ्घालीटोलस्थित भित्री सडक खण्डमा लु ५६ प ४२०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा चालक थापा घाइते भएका थिए। उनको चापाकोट अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय