कालीगण्डकीमा जिप दुर्घटना,प्रहरी घटना स्थल तर्फ जादै

२०८० कार्तिक २६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रभा पाण्डेय
स्याङ्जा, २६ कार्तिक । बुटवल देखि कारीकोट आउदै गरेको ग १ ज ७६०४ नम्बरको जिप स्याङ्जाको कालीगण्डकी १ प्युँघा कालिका मन्दिर नजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिप पाल्पा रानीमहल कालीगण्डकी करिडोर हुदै हटिया जादै गर्दा बीचमै दुर्घटना भएको बुझिएको छ । गाडी प्युँघा कालिका मन्दिर मुनिबाट करिब ७५ मीटर तल खसेको छ। तल खस्दा एउटा सानो रुखले राेकेका कारणले कालीगण्डकी नदी पुगेको छैन ।

स्थानीयको सहयोगमा सबै घाइतेहरुलाई उपचारको लागि कालीगण्डकी अस्पताल मिर्मीमा उपचारकाे लागी लगिएको छ । घटना स्थल तर्फ जैपतेको प्रहरी टोलि जादै गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिनुभयो । प्रहरी घटना स्थलमा पुगेपछि थप विवरण आउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय