युबराज सुबेदी
स्याङ्जा ,२९ कार्तिक । गल्याङ नगरपालिका ६ चितुङमा रहेको पि.वि.वि.सि.एन.कालिका युवा क्लबको आयोजनामा शुभ दिपावलीको पावन अवसरमा चितुङको घरेलु खेल मैदानमा पुरुष भलिबल प्रतियोगिता साथै नृत्य प्रतियोगिता सोमबार सम्पन्न गरेको छ। बिकास,अनुशासन र गतिशीलता समाज निर्माणमा युवा एकता भन्ने नाराका साथ गल्याङ नगरपालिका ६ चितुङमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता पि.बि.बि.सि एन युवा क्लबका अध्यक्ष मनिसा बि क ले गर्नुभएको थियो। प्रमुख अतिथीमा गल्याङ नगरपालिका का नगरप्रमुख गुरु प्रसाद भट्टराईले गर्नुभएको थियो। बिशिस्ट अतिथिमा गल्याङ नगरपालिका ६ का वडा अध्यक्ष दिप गुरुङ(छिरिङ) ले गर्नुभएको थियो। अतिथिमा चन्द्र बहादुर रखाली,कुल बहादुर थापा,होम थापा (गोपाल), गोपाल सुवेदी, लगाएको उपस्थिथि रहेको थियो। साथै कलाकारहरु मोडल तथा गायिका करिश्मा परियार, उदय राज डुम्रे ,किरण बस्याल लगाएतको कार्यक्रम मा उपस्थिती रहेको थियो भने कार्यक्रमको उद्घोषक सुमन बिश्वकर्माले गर्नुभएको थियो।
भलिबल प्रतियोगिता तर्फ आफू भित्रको क्षमता प्रस्तुत गर्दै न्यु कृयटिप थानपाटा प्रथम भइ नगद राशी रु.५२,२२२ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने पि।बि।बि सि एन कालिका ( आयोजक) दृतिय भइ नगद राशी रु.३२,२२२ सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। भने लाङ्गाली युवा क्लब गल्कोट छाप तृतीय भइ नगद रु.१६,२२२ सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने सान्त्वना साथै चतुर्थ पुरस्कार पि.बि.बि.सि एन कालिका आयोजक,ले प्राप्त गरि नगर रु ८,२२२ सहित सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको थियो।
नृत्य तर्फ, बिनु बिजु थापा तिलोतमा प्रथम भइ नगद रु. ११,१११ सहित सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको थियो।भने पेलाकोट टिम दृतिय भइ नगद रु. ६,६६६ सहित सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको थियो।भने सहारा युवा क्ल्व ग्वादी तृतीय भइ नगद रु. ३,३३३ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
कार्यक्रममा मोडल तथा गायिका करिश्मा परियारले कार्यक्रममा गित गाएर आफ्नो नृत्य प्रस्तुत गर्दै,युवाहरूलाई आकर्षक बनाउनु भएको थियो।
कार्यक्रम मा बोल्दै,गल्याङ ६ का वडा अध्यक्ष दिप गुरुङले पि वि वि सि एन कालिका युवा क्लब र बिशेष गरि चितुङ भाल्थुम पिडिखोला लाई चिनाउने मुख्य आसाको केन्द्र रहेको बताउनु भयो। आफू पनि युवा भएर खेलकुद लाई बिशेश जोड दिएर आगामी दिनहरु मा खेलाडी टिमहरु लाई ट्रेनिङ पनि बताउनु भयो। कार्यक्रम मा बोल्दै, गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराईले कार्यक्रम मा बोल्दै, चिर्तुङ भाल्थुम मात्र नभइ सिङ्गो वाड ६ भौगोलिक हिसाबले पनि अलि पछि परेको हुदा वडा ६ लाई प्रमुख बाहुल्यता दिएर काम गर्ने पनि बताउनु भयो, माननीय ज्यु हरु संग विशेष पहल गरि ठुला योजना ग्वादी,राम्छे हुँदै चितुङ आउने बाटोलाइ एक करोड को योजना परेको पनि बताउनु भयो। साथै युवाहरू लाई खेलमा गल्याङ नगरपालिका बाट चिनाउन आगामी दिनहरु मा नया कार्यक्रम ल्याउने पनि नगर प्रमुख भट्टराईले बताउनु भयो।