मंसिर ४ : नेताले पाए मन्त्री जनताले पाएनन् पानी ,खानेपानी मन्त्री र पुर्व मेयरकै वडामा छैन खानेपानी

२०८० मंसिर ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई
स्याङ्जा, ४ मंसिर । सधैका मंसिर ४ एकै हुदैनन् । आज भन्दा ठिक एक बर्ष पहिले आजकै दिन नेतालाई भ्याई नभ्याई थियो । हुन पनि पाँच बर्षमा एकपटक गाउँ फर्किने र जनताको समस्या सुनेजस्तो गर्ने नेताको लागि यो दिन भ्याई नभ्याइ हुनु स्वाभाविक पनि थियो ।

पाँच बर्षमा एक दिन जनता सर्वश्रेष्ठ हुने दिन थियो त्यो दिन । आफ्ना अनेकौं सपना बुनेर नेता चयन गरेका यस क्षेत्रका जनताले ती सपना पुरा गर्न को लागि निधाउनु बाहेक विकल्प पाएनन् । नेताको झुठो आश्वासनको सिकार बन्दै गएका जनताले झुठो आश्वासन पाएको एक बर्ष बितेको छ ।

पुर्व मन्त्री पद्मा कुमारी अर्यालको निर्वाचन क्षेत्र र भिरकोट नगरपालिका पुर्व मेयर छायाराम खनालको वडाका वासिन्दाले अहिलेसम्म नेताको आश्वासन भन्दा केही पाउन सकेका छैनन् । त्यति मात्र होइन पुराना नेताले काम गरेनन् भनेर मङ्सिर ४ मा नयाँ नेता चयन गरेका जनताले नेता नयाँ मात्रै पाए पानी पाएनन् ।

तिनै जनताको भोट लिएर माथी पुगेकाहरु संघ र प्रदेशमा मन्त्री पाइसके तर जनताले भने खानेपानी समेत पाउन सकेनन् । त्यति मात्रै होइन भिरकोट नगरपालिका ५ आम्बारी खर्कका जनताले आफ्नै गाउँकि छोरीलाई अहिले गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्रीको रुपमा पाएका छन् । मन्त्री सरस्वती अर्याल तिवारीको माइती गाउँका करिब एक सय घर धुरीमा अहिलेसम्म खानेपानीको चरम अभाव झेल्नु परेको छ । वडा नगर प्रमुख, मन्त्री लगायत थुप्रै नेता जन्माए पनि काकाकुल जनतालाई पानी खुवाउने नेता भने जन्माउन सकेको छैन ।

त्यति मात्रै होइन संघमा समेत कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको निर्वाचन क्षेत्र समेत पर्ने यहाँका वासिन्दाको घन्टौं लगाएर पानी बोक्नुपर्ने नागरिकको बाध्यतानै बनेको छ ।”हाम्रै चेली प्रदेशको मन्त्री बनेपछि खानेपानीको लागि डोको बोक्ने प्रथा अन्त्य गर्छु भन्ने भाषण त हामीले सुन्दै आएका छौ तर अहिलेसम्म परिमाण पाउन सकेका छैनौं” स्थानीय टीका कुमारी खाडले भन्नुभयो । यहीं पानीको एजेन्डा लिएर धेरैले भोट माग्ने गरेको भएतापनी अहिलेसम्म समस्या जस्ताको तस्तै भएको उहाँको गुनासो थियो । उहाँले भन्नुभयो, “बिहान उठेपछी पानी बोक्नु बाहेक अरु बिकल्प छैन ।” पानीकै कारण सरकारको महसुस गाउँलेले गर्न नपाएको उहाँको भनाइ छ ।

पानीको श्रोतको अभाव नभएपनी बजेटको अभाव हुँदा करिब एक सय घर धुरी भएको गाउँमा खानेपानीको अभाव झेल्नु परेको अर्का स्थानीय बल बहादुर सेनले बताउनुभयो । उहाँले भन्नुभयो, ”बस्ती मुुन घना जंगल छ त्यहीँ जंगलको पुच्छारमा पानीको मुुल छ । अहिले त्यहिपनी रातदिन गरेर बोकेका छौ ।” त्यहीँ पानी लाई पाइप मार्फत गाउँमा ल्याउन सके पानीको अभाव नहुने उहाँको भनाइ छ । हाल गाउँले पानी बोक्दै आएको खानेपानीको मुलको टंकी समेत जिर्ण बन्दै गएपछि थप चिन्ता बढ्दै जान थालेको स्थानीयको भनाइ छ । ठकुुरी,मल्ल जातजातीको बसोवास रहेको उक्त गाउँमा खानेपानीकै कारण केही परिवार बसाई गइसकेको उहाँहरुको भनाइ छ । स्थानीय तहले पानिको दिर्घकालीन ब्यावस्था नगर्दा पधेरोको बास भएको स्थानीयको भनाइ छ ।

प्रदेश र संघ सरकारसंग पानीको दिर्घकालीन समाधानका लागी प्रयास भैइरहेको भिरकोट ५ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो “संघ र प्रदेशमा कुरा राखेका छौँ । अब छिट्टै समस्य समाधान होला ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय